समाचार

ब्राउन सुगरसहित २ जना पक्राउ



भद्रपुर, २१ पौष । झापाबाट ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अर्जुनधारा नगरपालिका पुष्पपाल चोकमा डेरा गरी बस्ने ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बूलाई २४.७१ ग्राम ब्राउन सुगरसहित जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको जनाएको छ ।

उनिहरुलाई पक्राउ गरी  थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।