काठमाडौं, २१ पौष । महानगरीय प्रहरी नागढुंगाले १ केजी सय ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ ।
धादिङबाट काठमाडौंतर्फ आइरहेको बा ४ ख ४४५४नम्वरको यात्रुबाहक बसलाइ विशेष सूचनाको आधारमा चेकजाँच गर्दा १ केजी सय ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बसमा सवार धादिङ गजुरी ८ का सुरेश तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई थप अनुसन्धान भइरहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्