राजनीति

प्रधानमन्त्री ओलीको आज संसदमा सम्बोधन : प्रतिपक्षिदलले उठाएका प्रश्नको जवाफ दिने



काठमाडौँ, २२ पौष । प्रधानमन्त्री केपीशर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रतिपक्षिदलले उठाएका प्रश्न तथा समसामयिक विषयमा जवाफ दिने हुनुभएको छ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिभसभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको उहाँको निजि सचिवालयले जानकारी दिएको छ ।

यस्तै कानुन, न्याय तथा संसदिय मामिलामन्त्री भानुभक्त ढकालले प्रशासकिय अदालत विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भनि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री चत्रपाणी खनालले जीवनाशक विषादी ब्यवस्थापन विधेयकमाथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विधेयक २०७५ माथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कायुसूची रहेको संसद सचिवालयले जनाएको छ ।