काठमाडौं, २३ पौष । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशमा अब प्रश्न उठाउन उपयुक्त नहुने बताएका छन् ।
सोमबार समन्वय समितिको बैठकमा उनले केही अप्ठेरो भए समाधानको बाटो अध्यादेशमा नै भएकाले प्रश्न उठाउनु उपयुक्त नहुने बताएका हुन् ।
उनले भने, ‘कर्मचारी समायोजन अध्यादेशमा अब प्रश्न उठाउन उपयुक्त हुँदैन । केही अप्ठेरो भए समस्या समाधान गर्ने बाटो अध्यादेशमै छ, त्यहीँबाट समाधान गर्न सकिन्छ । मूल चासो वृत्तिविकासको हो, ढोका बन्द गरिएको छैन’ ।
संविधान र कानूनअनुसार कर्मचारी समायोजन गरिने बताउदै उनले भने, ‘समायोजन एक पटक हुने हो, अन्तर प्रदेश अन्तर स्थानीय तहमा सरुवा हुनसक्छ, तर स्थानीय तहबाट प्रदेश र प्रदेशबाट केन्द्रमा सरुवा हुने भन्ने हुँदैन’ उनले भने ‘संविधानअनुसार परिवर्तनलाई समातेर कर्मचारी समायोजन हुन्छ ।’
सोमबार मन्त्रीहरुसँगको छलफलपछि समितिले संघीय निजामती ऐन ल्याउँदा कर्मचारीको वृत्तिविकासलाई बाधा नपुग्ने गरी ल्याउन निर्देशन दिएको छ ।










प्रतिक्रिया दिनुहोस्