राजनीति

क्रिश्चियन धर्मसँग नाम जोडिएको भन्दै नेता नेपालको आपत्ति



काठमाडौं, २३ पौष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोडिएको भन्दै भन्दै आपत्ति जनाएका छन् ।

सोमबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै ‘एसिया प्यासिफिक समिट’मा सहभागी भएको विषयलाई लिएर आफूमाथि कुत्सित मनासाय राख्ने काम भइरहेको भन्दै आपत्ति जनाएकाछन ।

 नेता नेपालले सरकारको ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ  र सहयोग जुटाउन आफू ‘एसिया प्यासिफिक समिट’मा सहभागी भएको स्पष्टिकरण दिए । आफूले सबै धर्मलाई सम्मानका दृष्टिले हेर्ने गरेको पनि स्पष्ट पारे । उनले एसिया प्यासिफिक समिटमा पहिलोपटक सहभागी हुने वीपी कोइराला भएको जवाफ पनि काँग्रेस सांसद राजभण्डारीलाई दिएका थिए ।

उक्त समिटमा काँग्रेस नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवा सहभागी हुँदा विवाद नगर्ने तर आफू सहभागी हुँदा विरोध गर्ने काम भएको वरिष्ठ नेता नेपालको गुनासो छ ।