एजेन्सी, २४ पौष । उत्तर कोरियाका नेता किम जोङ उन चीनका राष्ट्रपति सि जिनफिङको निमन्त्रणामा चीन भ्रमणमा गएका हुन् ।
बीबीसीका अनुसार सोमबार किम चीन भ्रमणमा रेलमार्फत गइरहेका छन् । यसअघि पनि किम रेल चढेरै चीन पुगेका थिए ।
श्रीमती री सोल जुलाई समेत साथमै लगेका किम ७ देखि १० जनवरीसम्म चीनमा रहने छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका नेता मुन जेई इनसँग भेट्नुअघि पनि किमले चीन भ्रमण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्