समाचार

तीस किलो चरेससहित तीन जना पक्राउ



नेपालगञ्ज, २५ पौष । बाँकेको कोहलपुरबाट गए राति प्रहरीले तीस केजी चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका–८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६ का बलबहादुर बुढा रहेका छन् ।

प्रहरी अनुसन्धान व्यूरोले कोहलपुर–९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट उनीहरुलाई पक्राउ गरेको हो ।