हुम्ला, २५ पौष । जिल्लामा अत्यधिक हिमपात भएसँगै हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा एक फिटभन्दा बढी हिउँ जमेको छ ।
हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ भने हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हँुदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ । त्यस्तै हिउँका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको छ । सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । त्यहाँका स्थानीयवासी एक गाउँबाट अर्को गाउँ आवातजावत गर्न सकेका छैनन् ।










प्रतिक्रिया दिनुहोस्