राजनीति

चिकित्सा शिक्षा विधेयक पारित



काठमाडौं, २५ पौष ।  राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ ।

आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो ।

विधेयकको पक्षमा सत्तारुढ दलका १४ जना सांसदले मत दिएका थिए भने विपक्षमा प्रतिपक्षका ४ जनाले मत दिएको जनाएको छ ।

विपक्षमा गगन थापा, उमाकान्त चौधरी, मान बहादुर विक र नमिता चौधरीले फरक मत राखेका थिए ।  उपसमितिले बहुमतबाट पारित गरेको प्रतिवेदन सोमबार समिति बैठकमा पेस गरिएको थियो ।