काठमाडौँ, २५ पौष । राष्ट्रियसभाको बैठकमा सांसद कोमल ओलीले रामबहादुर बम्जनलाई पक्राउ नगरेकोमा आपत्ति जनाएकी छीन
आज भएको राष्ट्रियसभाको बैठकमा सांसद ओलीले शून्य समयमा बोल्दै बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छीन ।
उनले भनिन, सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेको साथै सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडिदेखि नै सो घटना सार्वजनिक भएको हुँदा पनि त्यसबारेमा अहिलेसम्म अनुसन्धान गरी पक्राउ नगरेको भन्दै आपत्ति जनाएकी छिन ।










प्रतिक्रिया दिनुहोस्