चितवन, २५ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई धनि बनाउनु बर्तमान सरकारको मूख्य जिम्मेवारी भएको बताउनुभएको छ ।
१२ औं चितवन महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विकास र समृद्धिको जनचाहना र इतिहासको आवश्यकतालाई बर्तमान सरकारले पुरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब १० वर्ष देशका लागि र समृद्धिको लागि काम गरेर माथि जाने विचार छ, तपाईहरु सबैको साथ सहयोग भयो भने हामी नमुनाको रुपमा नेपाल र चितवनलाई बनाउन सक्छौं ।’
विकासको मोडालिटीका बारेमा समस्या नरहेको तर समस्या एक्सनमा मात्रै रहेको बताउँदैं उहाँले जनताले अनुभुत हुने गरि विकास र सम्वृद्धीको काम गर्नुनै हाम्रो चुनौती भएको बताउनुभयो । देशको लागि अबको दश बर्ष निकै महत्वपूर्ण रहेको भन्दै आफ्नो सपना पूरा गरेर माथि जाने इच्छा रहेको समेत बताउनुभयो । उहाँले भैसालोटनदेखि देवघाटसम्म हामीले देख्दादेख्दै पानीजहाज आउने दावी समेत गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्