समाचार

कारागारमा एक जनाकाे मृत्यु



दाङ, २६ पौष । दाङको घोराही कारागारमा एक जनाको मृत्यु भएको छ ।

जबरजस्ती करणी उद्योग मुद्धामा परेका बगंलाचुली-६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधबार राति एक्कासी उनलाई हातखुट्टा सुन्निने र सास फेर्न गाह्रो हुने समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लागिएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।