एजेंसी, २६ पौष । सुडानमा हतियारधारी व्यक्तिहरूको आक्रमणमा ४२ जनाको मृत्यु भएको छ ।
गत आइतबार भएको सो घटनामा सुडानको डुचान र कोलाबिलमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको जनाइएको छ ।
मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका छन् । त्यस्तै अन्य ७८ जना गोठाला घाइते भएको अधिकारीहरूले दिएका छन् ।
उक्त ठाउँमा जातीय हिंसा, बालयौन दुव्र्यवहार लगायतका अन्य हिंसा पनि हुने गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्