लहान, २७ पौष । हुकिङ गरी विद्युत् चुहावट गर्ने २४ जनालाई विद्युत् प्राधिकरण लहानले पक्राउ गरेको छ ।
विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा उनीहरुलाई लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।
उनीहरुबाट विद्युत् मिटर, पङ्खा र टिभीलगायतका समान समेत बरामद गरिएको जनाएको छ ।
पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी रु दुई लाख ६० हजार राजश्व असुली गरेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्