विरगञ्ज, २७ पौष । गृहमन्त्री रामबहादुर थापा (वादल)ले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई साकार पार्दै नेकपा नेतृत्वको संयुक्त सरकारले समाजवाद निर्माण गर्दै साम्यवादसम्म पुग्ने आधार भएको बताउनुभएको छ ।
नेकपा पर्साको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपाका सचिवालय सदस्य समेत रहनुभएका मन्त्री बादलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तल्लो तह तथा भातृ संगठनहरुको एकता गर्न बाँकी सवै काम माघको महिलो साता भित्रमा सम्पन्न हुने बताउनुभएको छ । उहाले भन्नुभयो, ‘देशका केही जिल्लामा एकता प्रक्रियामा समस्या छ । एकता प्रक्रियाका बाँकी काम यही महिनामा पूरा गर्ने सोच पार्टीको छ, आशा छ यो महिना भित्र वा ढिला भएको खण्डमा माघको पहिलो सातासम्ममा एकताका बाँकी काम पूरा हुन्छ ।’
उहाँले देशमा रोजगारीको ग्यारेन्टी गरी विदेशी भुमिमा रहेका सम्पूर्ण नेपालीहरुलाई देशमा नै फर्काई दक्ष, योग्य तथा क्षमतावान युवाको पसिना आफ्नै देशमा प्रयोग गराउने समेत दावि गर्नुभयो ।
उहाँले देशलाई विकसित तथा परिस्कृत बनाउन सक्ने क्षमता युवा शक्तिमा मात्र रहेको भन्दै युवालाई आधुनिकतामा परिणत गराउँदै देश निर्माणको अभिभारा प्रदान गर्न सके मात्र नेपाल विकसित हुने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्