काठमाडौं, २७ पौष । पोर्चुगलका फुटबल खेलाडी क्रिस्ट्रियानो रोनाल्डोविरूद्ध लागेको बलात्कार मुद्दामा प्रहरीले अनुसन्धान गरि डिएनए संकलन गर्ने भएको छ ।
पूर्वमोडल तथा शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९मा लसभेगासको एक होटलमा रोनाल्डोले आफूलाई जबरजस्ती गरेको आरोप लगाएकी छन् । सोही विषयमा परेको मुद्दामा अनुसन्धान गर्न रोनाल्डोको डिएनए मागिएको लस भेगास प्रहरीले जनाएको छ ।
गत अगस्टमा उनका वकिलले रोनाल्डोले क्याथरिनलाई बलात्कार गरेको र कुरा गोप्य राख्न ३ लाख ७५ हजार अमेरिकी डलर दिएको भन्दै मुद्दा हालेपछि प्रहरीले फेरि अनुसन्धान अघि बढाएको हो ।
अमेरिकाको लस भेगासमा प्रहरीले रोनाल्डोको डिएनए स्याम्पल पठाउन इटालियन अधिकारीहरूलाई चिठी पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्