Banner News

प्रधानमन्त्री ओलीले संसदमा दिएको सम्बोधन झुटै झुटको जालो : नेता रिजाल



काठमाडौँ, २९ पौष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री ओलीले संसदमा गर्नुभएको सम्बोधनका अधिकाशं डाटाहरु झुटै झुट भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद रिजालले केही दिन अगाडि प्रधानमन्त्रीबाट संसदमा सम्बोधनका क्रममा प्रस्तुत भएका जानकारी सबै गलत भएको दावी गर्नुभएको हो ।

प्रधानमन्त्रीले भनेजस्तो मुलुकमा शान्ति सुरक्षा कायम नभएको, आर्थिक विकासका सूचकांकमा सकारात्मक परिर्वतन नदेखिएको भन्दै उहाँले यथार्थलाई स्वीकार गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले गलत तथ्यांक प्रस्तुत गरेर जनतालाई गुमराहमा राख्ने काम गरेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, उहाँले भन्नुभयो, ‘बुद्धीजीवीलाई लखेटेर, थला पारेर, कर्मचारीलाई तर्साएर, पत्रकारको पेशागत स्वतन्त्रतामाथि आक्रमण गरेर, सत्याग्रहीको मानमर्दन गरेर, संवैधानिक अंगलाई निस्तेज बनाएर अनि संसद छलेर लोकतन्त्र बलियो हुँदैन । आयोगहरुलाई क्रियाशील नतुल्याउने अनि संघीयता अझ बलियो बनाएको छु भनेर झुटा बोलेर संघीयता बलियो हुँदैन, संस्था बलियो बनाउनुपर्छ ।’