रुपन्देही, २ माघ । पातञ्जल योग समिति नेपालले राष्ट्रिय योग दिवसको अवसर पारेर लोकेन्द्र न्यौपानेको अध्यक्षतामा प्रदेश न ५ समिति, रोमलाल पुरीको अध्यक्षतामा रुपन्देही जिल्ला समिति र खिम बहादुर तरामुको अध्यक्षतामा बुटवल उपमहानगरपालिका समिति समेत विस्तार गरेको छ ।
राष्ट्रिय योग दिवसको अवसर पारेर गरिएको सो कार्यक्रमका विच प्रदेश नं ५, स्वास्थ्य मन्त्रालयका डा. बुद्धि प्रसाद पौडेलले योगलाई जीवन शैलीको अभिन्न अगंको रुपमा पूर्नजीवित गर्ने अभियानमा हामी सबै एकभएर लाग्नु पर्ने विषयमा विशेष जोड दिनु भएको थियो ।
पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य एवं प्रदेश नं.५ का सचिव डा।प्रकाश पाण्डेले योग यहि भूमिको ज्ञान भएकोले योग मार्फत नेपालले विश्वलाई हाँक्न सक्नेमा कसैको दुईमत नरहने र पातञ्जल योग समिति नेपाल अबका दिनमा यस दिशातर्फ आफ्नो कार्ययोजना बनाई अगाडि बढ्ने विश्वास व्यक्त गर्नु भयो ।
पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्यद्धय योग प्रसाद आचार्य एवं दिर्घराज गिरीले योगलाई शारीरिक,मानिसिक र आध्यात्मिक शान्तिका लागि उपयोग गरिनु पर्नेमा आफ्नो धारणा व्यक्त गर्दै प्रदेश, जिल्ला एवं नगरसमतिमा चयन हुनु भएका पदाधिकारी एवं सदस्यहरुलाई बधाई एवं शुभकामना प्रकट गर्नु भएको थियो ।
पातञ्जल योग समिति नेपाल प्रदेश न ५का अध्यक्ष लोकेन्द्र न्यौपानेले राष्ट्रभित्र योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा आदिका क्षेत्रमा वैदिक र पौराणिक कालदेखि हालसम्म योगदान गर्ने राष्ट्रिय गौरव, ऋषिमुनिहरु, योगी, ध्यानी, ज्ञानी, शन्त, महन्त र विद्धानहरुको खोजि र अनुसन्धान गरी राष्ट्रिय पहिचान दिन आवाश्यकता बोध गर्दै सञ्चालनमा आएको पातञ्जल योग समिति नेपालको यो महान अभियानमा सरिक हुन प्रदेश नं ५ का सम्पुर्ण योगप्रेमीजनहरु समक्ष अपिल गर्नु भएको थियो ।
पातञ्जल योग समिति नेपालका केन्द्रिय महासचिव नबराज काफ्लेले हिमालयको काखमा विकास भएको योग आधुनिकताले लोप हुँदै गएकोमा सरकारले राष्ट्रिय दिवस घोषणा गरि मनाउन थालेपछि पूर्नजागरणमा केहि टेवा पुगेपनि नेपाल सरकारको कार्यक्रम दिवस केन्द्रित मात्र भएकोमा दुःख व्यक्त गर्दै योग सम्बन्धमा स्पष्ट नीति एवं कार्ययोजना बनाई अगाडी बढन अनुरोध गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्