समाचार

बस दुर्घटना : ३ जनाको मृत्यु, २० भन्दा बडी घाइते



पर्वत, ३ माघ ।  पर्वतको मालढुंगामा बस पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने २० भन्दा बडी घाइते भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बिहीबार बिहान ७ बजे म्याग्दीको बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस  दुर्घटनामा परेको र दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुल्न बाँकी रहेको जनाएको छ ।

घटनास्थलमा प्रहरीको टोली पुगेको छ भने थप विवरण आउन बाँकी रहेको छ ।