काठमाडौं, ३ माघ । एनआइसी एसियाको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्रको बिक्रि माघ १३ गतेदेखि बिक्रि खुला हुने भएको छ ।
यस डिबेञ्चर २०८५÷८६ सम्मको अवधिको रहेको छ । बिक्रि निष्काशन मध्ये १६ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । बाँकी २४ लाख कित्तामा एनआइसीले विभिन्न संघसंस्थालाई बिक्रि गर्नेछ ।
आवेदन बिक्रि प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट बैकिङ तथा एनआइसी एसिया बैंकको सम्पूर्ण शाखाबाट आवेदन दिन सकिनेछ ।
आवेदन माघ १६ गतेसम्म दिन सकिनेछ । यो ऋणपत्रमा १० प्रतिशत ब्याज पाइनेछ । १० वर्षमा परिपक्क हुनेछ ।










प्रतिक्रिया दिनुहोस्