काठमाडौं, २१ फागुन । मेलम्ची खानेपानी आयोजनाको काम भइरहँदा भएको क्षतीका कारण सुकेधारा, मण्डिखाटार, चप्पल कारखाना लगायत क्षेत्र विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
शनिबार बिहान ६ बजे न्यु–चाबहिल सबस्टेसनबाट निस्कने ११ केभी ओम फिडरको ओभरहेड लाइन सुरु हुनुअघिको भूमिगत केबलमा भइरहेको मेलम्ची खानेपानी आयोजनाको कामका पुगेको अवरोधका कारण अवरुद्व भएको हो ।
सो स्थलमा प्राविधिक टोली खटिइसकेकाले क्षतिग्रस्त केबल मर्मत हुनासाथ आपूर्ति पुनःसञ्चालन हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्