दाङ, ४ माघ । सर्वोच्च अदालतले सजाय फैसला गरेको झन्डै दुई वर्षपछि दाङ प्रहरीले सामूहिक बलात्कार काण्डका दोषी विष्णु चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले चौधरीलाई तुलसीपुर—१८ मा रहेको घरबाटै शुक्रबार पक्राउ गरेको जनाएको छ । उनलाई देउखुरीकी एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
चौधरीलाई २०७३ साल फागुन ३० गते सर्वोच्च अदालतका न्यायाधीशद्धय गोपाल पराजुली र गोविन्दप्रसाद उपाध्यायको संयुक्त इजलाशले बलात्कार गरी लुटपाट गरेको आरोपमा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । अदालतको फैसला पश्चात चौधरी फरार रहेका थिए ।










प्रतिक्रिया दिनुहोस्