समाचार

सूर्यविनायक नगरपालिकाले आफ्नो लक्ष्य अनुसार विकास निर्माण गरेको छ : प्रमुख थापा



भक्तपुर ५ माघ । राम चन्द्र प्रजापति । सूर्यविनायक नगरपालिकाका प्रमुख वाशुदेव थापाले सूर्यविनायक नगरपालिकाको लक्ष्य लिए अनुसार विकास निर्माण गरेको बताउनुभएको छ ।

ञञपर्यटन, कृषि, शिक्षा र पुर्वाधार सूर्यविनायक समृद्धि मूल आधारझझ भन्ने दूरदृष्टि भन्ने उदघोषका साथ चौथो नगर सभाले पुर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास मार्फत समृद्धि गर्न प्रभावकारी समाजिक सेवा आन्तरिक राजश्व सुदृढीकरण न्याय सम्पादनमा प्रभकारिता गर्न चौथो नगर सभाले विभिन्न रणनीतिहरु अवलम्बन गरेको आज पत्रकार सम्मेलन गरी मेयर वासुदेव थापाले जानकारी गरेको छ।

तेस्रो नगर सभाले चालू आर्थिक वर्षका लागि कुल ७६करोड ४५ लाख २७ हजार बजेट अनुमान पेश गरेकोमा हाल सम्म पूजीगत तर्फ ३ करोड ९१ लाख ६८ हजार खर्च भएकोछ भन्ने चालू खर्च १२ करोड २ लाख ८६ हजार खर्च भइ करिव ५० प्रतिशत भन्दा बढी प्रगति भएको छ । आन्तरिक राजश्वतर्फ १२ करोड १० लाख अनुमान गरेकोमा ५५ प्रतिशत भन्दा बढी राजश्व असुली भइ सकेको अव्यवस्था छ ।

पूर्वाधार विकासमा रु ५ लाख भन्दा बढी रकमको योजना प्रतिस्पर्धा, पारदर्शिता र गुणस्तरीयतालाई मध्य नजर गरि ठेक्का दिने नीति अवलम्बन गरेको जस अनुसार ३२ करोड बजेट विनियोजन गरि १५९ वटा योजनाहरु स्वीकृत भइ कार्यन्यनको चरणमा रहेको प्रत्येक योजनामा कम्तिमा १ करोड बजेट रहेको छ ।

धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता समृद्ध सूर्यविनायक नगरपालिका भन्ने मूल नारा तयगरी पर्यटन आम्दानी सृजना गर्न शिव सर्किट मार्गको रुपमा विकास गर्ने सामाजिक समिति संयोजक एवं वडा न ८ का वडा अध्यक्ष किरण थापाले पत्रकार सम्मेलनमा प्रष्ट पार्नु भएको छ ।

पूर्वाधार विकास, सामाजिक विकास, आधारभूत स्वास्थ्य, महिला बालबालिका तथा जेष्ठ नागरिक, कृषि, पर्यटन, शिक्षा, सहकारी, हरियाली वातावरण, विपद व्यवस्थापन लागाएतका कार्यक्रम सचालन गरि सूर्यविनायक नगरपालिकाको लक्ष्य लिए अनुसार विकास निर्माण कार्य गरिरहेको पत्रकार सम्मेलनमा मेयर थापाले जानकारी गरेको छ ।

पत्रकारहरुको प्रश्न जिज्ञासाको जवाफ सम्बन्धित उपमेयर जुना वस्नेत, पूर्वाधार विकास समिति संयोजक तथा ७ नं वडा अध्यक्ष रविन्द्र सपकोटा, सामाजिक समिति संयोजक एवं वडा न ८ का वडा अध्यक्ष किरण थापा वडा न ९ का अध्यक्ष उपेन्द्र के सिले पत्रकार सम्मेलनमा प्रष्ट पार्नु भएको छ ।