राजनीति

पूर्वसांसद भुषाल नेकपामा प्रवेश, दुई अध्यक्षद्वारा स्वागत



काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका पूर्वसांसद तीर्थ भुषाल नेकपामा प्रवेश गरेका छन् ।

चितवनका पूर्व सभापति समेत रहेका भुषाललाई नेकपाको दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन ।

चितवनको माडी स्थायी घर भएका भुषाल २०५१ सालमा भएको मध्यवधी निर्वाचनमा साविक चितवन निर्वाचन क्षेत्र नः ४ बाट विजयी भएका थिए ।