समाचार

बस दुर्घटनामा एकको मृत्यु, २० जना घाइते



रामेछाप, ६ माघ । रामेछापको मन्थली नजिकै मच्छेडाँडीमा आज मध्यान्ह बस दुर्घटना हुदा एकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन ।

ओखलढुंगाको घाराखोरीबाट काठमाडौँको लागि हिँडेको बा४ख ४२१० नम्बरको बस मन्थली नगरपालिका-१ मच्छेडाँडीमा दुर्घटना हुँदा ओखलढुँगाको चंपादेवी गाउँपालिक-६ का २५ वर्षीय ओम कार्कीको मृत्यु भएको  जिल्ला प्रहरी  कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा अन्य २० घाइते मध्ये गम्भीर ६ जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने अन्य घाइतेहरुलाई मन्थलीस्थिति तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।