Banner News

गुण्डागर्दीको प्रवृत्ति गलत छ, तिनको जरो उखेलेर फाल्नुपर्छ : महानिरीक्षक खनाल



काठमाडौँ, ६ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गुण्डागर्दीको प्रवृत्तिविरुद्ध गलत रहेको र यसलाई जरो उखेलेर फाल्नुपर्ने बताएका छन् ।

आज महानगरीय प्रहरी परिसर काठमाडौंमा ‘नागरीक सहायता कक्ष’ भवनको उद्घाटन गर्दै आईजिपी खनालले भने, ‘गुण्डागर्दीको प्रवृत्ति गलत छ, तिनको जरो उखेलेर फाल्नुपर्छ ।’

गुण्डा र चोरको सञ्जाल तोड्न काठमाडौं प्रहरीलाई निर्देशन दिँदै खनालले भने, ‘यस्ता प्रवृत्ति निर्मुल पार्नुस, त्यो प्रहरीको काम हो ।’ ‘चोर र गुण्डाको सञ्जाल ध्वस्त पार्दै गर्दा कसैको केही सहनुपर्दैन्’ ‘ईभिडेन्स बेसमा रहेर पहिले थुन्नुस् अनि बल्ल कुरा सुन्नुस् ।’ 

रोजगारी दिने नाममा छोरी–चेली बेचिने घटना, चोरी, पाकेटमारी जस्ता घट्ना निर्मुल पार्न मातहतलाई निर्देशन दिँदै खनालले भने, ‘लुकेर अपराध गर्नेहरुलाई समाजबाट निकाल्नुस्, तिनीहरुको दोहोलो काढ्नुस् ।’

‘गलत नियत राख्नेहरु संगठनबाट बिदा भए हुन्छ, त्यसैमा कल्याण छ’ उनले भने, ‘प्रहरीले गलत नियतले मोलाहिजा गरेको र दुई रुपैयाँ खाएको सुन्न नपरोस् ।’