Banner News

समृद्धि प्राप्त गर्न भौतिक विकासको साथमा आध्यात्मीक विकास जरुरी : मन्त्री पोखरेल



भक्तपुर, ७ माघ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले देशको समृद्धि प्राप्त गर्न भौतिक विकासको साथमा आध्यात्मीक विकास हुन जरुरी रहेको बताउनुभएको छ ।

नेपाल सरकारले तय गरेको ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने नारासहित मध्यपुर थिमि राधे राधेमा राष्ट्रिय योग दिवस २०७५ को समापन कार्यक्रममा उहाँले योग जीवन पद्धतिसँग जोडिएको सवाल भएको बताउनुभयो ।

नेपालको योग, ध्यानले विश्वलाई मार्गनिर्देश गरेको बताउँदै मन्त्री पोखरेलले वैज्ञानिकता, सान्दर्भिक तथा आर्थिक रुपमा सवल हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले शान्ति र समृद्धिका साथमा योग तथा ध्यान रहेको बताउँदै योग दिवशलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले देशको आवश्यकता तथा समृद्धिलाई मध्यनजर गर्दै योगदिवश मनाइने गरेको समेत बतउनुभयो ।

शिक्षा ऐन फागुन २१ सम्ममा पारित गरिसक्नुपर्ने भन्दै पोखरेलले मन्त्रालयको तर्फबाट प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा पूर्वीय दर्शन तथा संस्कृतिलाई समेटेको जानकारी गराउनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “विद्यालय शिक्षामा सैद्धान्तिक रुपमा नै यसलाई समेट्दै विद्यालय पाठ्यक्रममा राख्ने गरी पाठ्यक्रममा तयार भइरहेको छ, हाम्रो सभ्यता र संस्कृति वैज्ञानिक छ, हाम्रो जडीबुटी, प्राकृतिक चिकित्सा र योगलाई विद्यालय शिक्षामा सैद्धान्तिक सहमति दिएर पाठ्यक्रममा तयार हुन लागेको छ ।”

योगलाई सबै जिल्लामा पु¥याएर यसमा विभिन्न छलफल गरी प्रभावकारी ढङ्गले अभियानका रुपमा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । अहिलेको परिस्थितिमा अनुकूल भएकाले विभिन्न खालको समस्याको समाधान गर्ने बताउँदै उहाँले शारीरिक र मानसिक रुपमा यसले मानव जीवनलाई सही बाटोमा काम गर्न अभिपे्ररित गर्ने उहाँको भनाइ थियो ।