काठमाडौँ, ८ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिसभाको शिक्षा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित हुँदा डा. गोविन्द केसीको ऐतिहासिक जित हुने भन्दै उत्सव मनाउन आग्रह गर्नुभएको छ ।
नेता भट्टराईले आफ्नो सामाजिक सञ्जाल एक स्ट्याटस लेख्दै चिकित्सा शिक्षक विधेयकलाई विद्यार्थी र जनतामुखी बनाउन गरेको अपीललाई स्वागत र सम्मान व्यक्त गर्नुभएको छ । त्यस्तै उहाँले अरु केही विधेयकमा समस्या भएमा त्यसलाई समेत छलफल गरी समस्या समाधान गर्न सकिने बताउनुभएकोछ ।
उहाँले भन्नुभएको छ, यसअघि बनेका बिभिन्न आयोग, समिति तथा कार्यदका सुझाव, बिभिन्न राजनीतिक दल, संघ संगठनका सुझाव र माननीय सदस्यहरुको संशोधन प्रस्ताव अनि तपाईंले गर्नुभएको आन्दोलन समतेका आधारमा बिधेयक राष्ट्र, जनता र विद्यार्थीको हितमा रहेको कुरा यहाँलाई बिश्वास दिलाउन चाहन्छु ।










प्रतिक्रिया दिनुहोस्