नवलपरासी, ९ माघ । काठमाण्डौबाट भैरहवा जादै गरेको बस र कावासोती नगरपालिकाको दमकल एक आपसमा ठक्कर खाँदा २७ जना घाइते भएका छन् ।
नवलपरासीको मध्यविन्दु नगरपालिका १५ मा लु १ ख ८७९७ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको लु १ ग ३१० नम्बरको दमकल एक आपसमा ठोक्किँदा बसमा सवार २६ जना र दमकलका सहचालक एक जना गरी २७ जना घाइते भएका हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका बसमा सवार ६ जना र दमकलका एकजना गरी सातजनाको भरतपुरमा उपचार भइरहेको छ । २० जनाको भने मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्