सप्तरी, ९ माघ । सप्तरीमा प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ।
प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दीपेन्द्र चौधरी मारिएका हुन् ।
प्रहरीलाई देख्नेवित्तिकै चौधरीले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीले पनि जवफी फायरिङ गर्दा उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।
एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए ।










प्रतिक्रिया दिनुहोस्