नुवाकोट, ९ माघ । आफ्नो छोरीलाई भारतमा यौन व्यवसायीको लागी बेचेको आरोपमा बुवा पक्राउ परेका छन् ।
दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारकी १५ वर्षीया बालिका बेचेको आरोपमा उनकै बुवासहित दुप्चेश्वर गाउँपालिका का २२ वर्षीय सुनिल तामाङ र ३१ वर्षीय लक्ष्मी नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आफ्नी छोरीलाई भारतमा यौन व्यवसायीको लागी गएको पुस २२ गते घरबाट बालिकालाई काठमाण्डौ हुँदै भारतको दिल्ली पुर्याएको प्रहरीले जनाएको छ ।
बालिकालाई दिल्लीबाट उद्धार गरी नेपाल ल्याएपछि उनको उजुरीको आधारमा आरोपितहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्