राजनीति

कांग्रेसका नेता थापाको भ्रष्टचार, लुटदेखि अनियमितताका दर्जनौं काण्डै काण्ड (सूचिसहित)



काठमाडौँ, १० माघ । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद गगन थापाका भ्रष्टचार, लुटदेखि अनियमितताका दर्जनौं काण्डहरुको पर्दाफास भएको छ ।

विद्यार्थी राजनीतिदेखि सांसद हुँदै स्वास्थ्यमन्त्री हुँदासम्मको यात्रामा सांसद थापाका दर्जन भन्दा काण्डहरु भएको तथ्यहरु सार्वजनिक भएका छन् । सांसद थापाकै कारण पछिल्लो समयमा अनशनरत डा।गोबिन्द केसीको सबैभन्दा संरक्षक बन्नुभएका थापाले स्वास्थ्य क्षेत्रमा आफ्नो साम्राज्य विस्तार गर्नका लागि डा। केसीलाई एक पात्र बनाई आफ्नो राजनीतिक यात्रा तथा गल्ती र कमजोरीलाई लुकाउने कायहरु भएको वास्तविकता विस्तारै खुल्दै आउन थालेका छन् । डा. केसीलाई अनसनमा बस्न लगाउँदै उनको अप्रत्यक्ष रुपमा सरकार विरुद्ध सड्यन्त्रकारी भूमिका निर्वाह गर्दै आफ्नो पक्षमा जनमत सिर्जना गर्ने प्रयास पछिल्लो समय छताछुल्ल भएको छ । त्यस्तै डा. केसीको अनसनका मुख्य योजनाकार समेत रहनु भएको छ ।

उनका मूख्य मूख्य अनौतिक कृयाकलापका तथ्यहरु निम्नानुसार रहेका छन्,

  • एलाइन्स फर पिस जस्ता संस्थाहरुबाट सहयोग ल्याएर डा केसी अनसनमा बसाएको तथ्य बाहिर आएको छ,
  • सांसद थापाको नाममा ३० लाखभन्दा बढीको बेरुजु अझै पनि महालेखा परीक्षकको कार्यालयमा रहेको,
  • उहाँ सभापति भएको बेला त्रिचन्द्र कलेजमा पार्क निर्माणमा भएको भ्रष्टाचार,
  • त्रिचन्द्र कलेजबाटै उहाँले आफ्नो साम्राज्य बिस्तार,
  • थापाले त्रिबि र कलेज प्रशासनलाई बेरुजु फाइल बाहिर ल्याए जागीर खाइदिने धक्की,
  • त्रिचन्द्र कलेज छदा नविन महर्जनमार्फत आफ्नो चन्दाको कारोबार,
  • परिक्षा नियन्त्रण कार्यालयको बेवसाइड बनाउछु भनेर ५ लाख पेस्की पनि लिनुभयो तर, वेबसाईड बनाउनुभएन त्यस्तै पेस्की रकम समेत फिर्ता गर्नुभएन,
  • गुण्डानाइके कुमार घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि उनको हत्या हो भन्दै मानवअधिकार आयोगमा न्याय माग्न जानु,
    कुमार घैंटेमार्फत् गगन थापाले करोडौं रुपैयाँ लगानी गरेको चर्चा,
  • मानवअधिकार आयोगमा वर्तमान आइजीपी सर्वेन्द्र खनालमाथि कारबाहीको माग गर्नु,
  • व्यपारिक घराना र कर्पोरेटहरुको सूचना घैटेलाई दिएर चन्दा असुली गर्न लगाउने गर्नु,
  • गगन थापाको आवरण राजनीतिक देखिए पनि गुण्डा नाइकेहरुलाई संरक्षण गर्दै आएको संजीव लामा स्यालसँगको कनेक्सन,
  • स्याल केही महिनाअघि बलात्कार आरोपमा पक्राउ परेपछि गगन थापाले उनलाई छुटाउन प्रहरीलाई दबाब,
  • चितवनकी रोश्ना शर्मा ९नाम परिवर्तन० लाई गुण्डानाइके संजीव लामा स्यालले २०७५ जेठ २८ मा बलात्कार प्रयास,
  • लामालाई छाड्न र बलात्कार केस मिलाउन थापालगायत केही नेताहरुले प्रहरी बृत्त दरबारमार्गका डीएसपी दानबहादुर मल्ललाई चर्को दबाब दिनु,
  • कृषिदेखि बाख्रापालन, कुखुरापालनदेखि मासु प्रशोधन उद्योग खोल्नका लागि ब्यवसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट)बाट करोडौं रुपैयाँ अनुदान लिनु,
  • प्याक्टमा उहाँकै जिल्लाका आयोजना प्रमुख योगेन्द्रकुमार कार्कीमार्फत् करिब १५ करोड अनुदान लिनु,
  • ‘सुनखानी एकीकृत कृर्षि केन्द्र’को नामबाट पैसा लिनु,
  • मासु पसल अगाडि परियोजनाको नाम, पैसा र अन्य विवरण सरकारी लोगो सहित बोर्ड बनाएर राख्नु,
  • धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुत्ती काण्ड,
  • स्वास्थ्यमन्त्री भएको बेला थापाले १४ करोड लिएर प्रा.डा. राजकुकार रौनियारलाई कुलपति बनाएको आरोप,
  • उपकुलपति रैनियारले अहिले पनि बिभिन्न ठेक्का र टेन्डरको पैसा गगनलाई पुर्याउने गरेको,
  • डा. रौनियार अनेक काण्ड जोडिएका छन् । ती मध्ये रौनियारमाथि १.५ टेस्ला एमआरआइ खरिद प्रकरण, अंकोलोजी र कार्डियोलोजी सेन्टर निर्माणमा सप्लायर्समा करोडौ अनियमितता भएको भन्दै अहिले पनि छानविन भइरहेको,
  • उपकुलपति प्रा.डा. राजकुमार रौनियारले लागत मूल्य भन्दा डेढ गुणा बढी लागतमा काठमान्डौस्थित हस्पिटेक इन्टप्राइजेजसँग खरिद गर्न लागेको एमआरआई उपकरण टेन्डर रद्द गरेपछि यो प्रकरण सर्वोच्च अदालतसम्म पुगेको,
  • डा. रौनियार उपकुलपति हुनु पूर्व प्रतिष्ठानको रेडियोलोजी विभागको प्रमुख रहँदा तत्कालीन व्यवस्थापनले सोही मेसिन सोही कम्पनीबाट १२ करोड मूल्यमा खरिद गर्न खोज्दा अनुपयुक्त भनी सिफारिस गरेका र १२ करोड मूल्यमा खरिद कार्य रोकेर बखेडा झिकेका डा. रौनियारले अहिले आफू उपकुलपति भएको केही हप्ताभित्रै सोही मेसिन करिब १८ करोडमा खरिद गर्ने निर्णय गरेर सरकारको सम्पत्तिमा ब्रम्हलूट गरेको,
  • डा. रैनियारले हरेक टेन्डरको पैसा गगनलाई बुझाउन पर्ने आफ्ना साथीहरुलाई पनि बताउँदै आएको प्रतिष्ठानका एक चिकित्सद्वारा जानकारी । इत्यादी ।