काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनमा सहभागी भई सफल पार्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन ।
आज जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका लागि स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आगामी चैत १५–१६ मा काठमाण्डौमा हुने लगानी सम्मेलनमा सहभागी भई सफल पार्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन ।
नेपाल सकारात्मक बाटामा अगाडि बढेको बताउदै प्रधानमन्त्री ओलीले भने “नेपाली जनताले राजनीतिक अधिकार मात्र नभई आर्थिक तथा सामाजिक अधिकार पनि पाएका छन्, नेपालको संविधान श्रेष्ठ छ, उत्कृष्ट छ र आवश्यकता अनुसार परिमार्जन हुनसक्छ ।’’










प्रतिक्रिया दिनुहोस्