राजनीति

नेपाली कांग्रेसद्वारा सदन अवरुद्ध



काठमाडौं, ११ माघ । प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सदन अवरुद्ध गरेका छन् ।

बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले संसदमा बोलेपछि कांग्रेस सांसदहरु आफ्नो सिटबाट उठेर नाराबाजी सहित सदन अवरुद्ध गरेका हुन् ।

उनीहरुले गोविन्द केसीसँग गरेको सम्झौता अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने, गिरिजाप्रसाद कोईराला र शुसिल कोईरालाका नाममा स्थापना भएका अस्पताल खारेज गर्ने निर्णय तत्काल हटाउनुपर्ने लगायतका माग राख्दैं कांग्रेस सांसदहरुले आज संसद बैठकमा अवरोध सिर्जना गरेका हुन् ।