समाचार

श्रीमान-श्रीमतीको झगडा : श्रीमानको मृत्यु



काठमाडौं, ११ माघ । उदयपुरमा श्रीमान-श्रीमतीबीचको झगडाका क्रममा श्रीमानको मृत्यु भएको छ ।

गएराती उदयपुर नगरपालीका २ पुरनदहमा ३५ बर्षीय विष्णुदेव चौधरीको मृत्यु भएको हो ।

श्रीमती शुसिला चौधरी संग भएको विवादको क्रममा मादक पदार्थ सेवन गरेका विष्णुले शिशामा हातले मुक्का हान्दा अत्याधिक रक्तश्राव भई उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

शिशाले हत्केलाको नाडी काटी रक्तश्राव भएपछि उनको वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।