काठ्माडौं, ११ माघ । काठमाडौंको कोटेश्वरबाट एक बालिकाको अपहरण भएको प्रहरीले जनाएको छ ।
आज बिहान जनकपुर उपमहानगरपालिका-१२का स्थायी वासिन्दा कोटेश्वर बस्ने सन्तोस दत्तकी ३ वर्षिया छोरी सन्वीज्ञा दत्त आफ्नै डेराबाट अपहरणमा परेकी हुन् ।
अपराधीको खोजीकार्य भइरहेको कोटेश्वर प्रहरीले जनाएको छ । साथै अपरहण अनुसन्धानका लागि अपराध महासाखालाई समेत जानकारी गराइसकेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्