काठमाडौं, १२ माघ । सुदन केसीको निर्देशनमा रहेको फिल्म ‘दाल भात तरकारी’को ‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक भएको छ ।
काठमाण्डौमा पत्रकार सम्मेलन गरि उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा शम्भुजित बास्कोटाको संगीत, निशान भट्टराई र अन्जु पन्तको स्वर, हरिवंश आचार्यको शब्द रहेको छ ।
वैशाख १३ गतेबाट रिलिज हुने फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, आँचल शर्मा, बर्षा राउत, राजाराम पौडेल, शिवहरि पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा रमिला आचार्य, नरेन्द्र कंसकार, शिवहरि पौडेल, यमन श्रेष्ठको लगानी रहेको छ भने हरिवंश आचार्यको कथा, पटकथा तथा संवाद रहेको छ ।
कविराज गहतराजले कोरियोग्राफी गरेको फिल्मलाई दिर्घ गुरुङले छायांकनर मित्र डी गुरुङको सम्पादन गरेका छन ।
भिडियो










प्रतिक्रिया दिनुहोस्