समाचार

चिकित्सा शिक्षा विधेयकको मूख्य विशेषताहरु



काठमाडौँ, १२ माघ । संसदबाट शुक्रवार बहुमतले पारित गरेको चिकित्सा शिक्षा विधेयक २०७५ मा बर्तमान चिकित्सा क्षेत्रको समग्रतालाई समेटेको छ ।

आम नागरिकले स्पष्ट रूपमा बुझो मात्र यसको कार्यान्वयन सहज हुन्छ तसर्थ पनि बुझ्न आवश्यक छ । यसको मूख्य विशेषताहरु निम्न छन्,

– स्वच्छन्द ढंगले भैरहेको निजिकरण र मनोमानी क्रमशः हट्छ,

– १० वर्षसम्म क्रमशः चिकित्सा शिक्षा मुनाफारहित बन्दै, सामुदायिक, वा सहकारी वा सरकारी, बन्दैजानेछ,

– स्वास्थ्य शिक्षाको क्षेत्रमा भैरहेको सीमित उच्च वर्गको एकाधिकार हट्छ, पारदर्शी नीति, नियमहरू बन्छन्, हाल भैरहेको आर्थिक र प्रशाशनिक विकृति र अनियमितता हटाउने प्रणाली बन्छ,

– शिक्षा र स्वास्थ्य सेवामा गुणस्तरीयता बढ्छ,

– गरिव वा विपन्न, जेहेन्दार, दलित, अल्पसंख्यक, मधेशी, जनजाती, खसआर्य, शहिदका छोराछोरी लगायतका विद्यार्थीले पाउने छात्रवृतिको संख्यामा वृद्धि हुन्छ,

– सातैवटा प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू मार्फत विशेषज्ञ तयार पार्नका लागि अद्यापन कार्य अघि बढ्छ र विशिष्ट सेवा बढ्छ,

– विदेशमा पढ्नको लागि जाने विद्यार्थीहरू नेपालमै पढ्न पाउने हुनाले देशको अर्वौं रूपिया स्वदेशमै रहन्छ,

– विदेशी विद्यार्थी नेपाल पढ्न आउने विशेष प्रवन्धका कारण विदेशी मुद्रा आर्जन गर्न सकिन्छ,

– सबै चिकित्सा शिक्षा केन्द्रहरू काठमाण्डौ उपत्यकामा मात्र केन्द्रित हुँदैनन्,

– सबै विधाका विज्ञताका लागि विद्यार्थीले स्नातकोत्तर शिक्षाको लागि निःशुल्क अध्ययन गर्न पाउँछन् ति विज्ञहरले खटाईएको ठाउँमा कम्तिमा एक वर्ष अनिवार्य सेवा दिनुपर्छ त्यस्तो हुँदा तराईका दुर दराज, हिमाली र पहाडी दुर्गम बस्तीहरूमा पनि विशेषज्ञ सेवा सहज र शुलभ हुन्छ,

– देशलाई आवश्यक स्वास्थ्य सेवाका लागि जनशक्ति आफैले निर्माण गर्न सकिन्छ,

– संविधानको मौलिक हकमा व्यवस्थाभए अनुसारको शिक्षा र स्वास्थ्यमा सर्वसाधारण जनताको पहुँच सुनिश्चित हुन्छ।