समाचार

६ वर्षीया बालिका बलात्कृत



पाँचथर, १३ माघ । पाँचथरको कुम्मायक गाउँपालिका–२ मा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

शुक्रबार राति कुम्मायक गाउँपालिका वडा–१ घर भई माङजाबुङमा बस्दै आएका २१ वर्षीया एकल लावतीले घरमा कोही नभएको बेलामा ६ वर्षीया बालिकालाई  बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीड़ित बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लावतीलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।