पोखरा, १४ माघ । गण्डकी प्रदेशका सांसद तथा निवर्तमान युवा संघ नेपालका अध्यक्ष राजिव पहारीको विशेष पहलमा फेवाताल संरक्षण तथा आकार बृद्धिको कार्य शुभारम्भ भएको छ ।
पोखरा महानगरपालिकाको वडा नं. ६ खहरे बगंलादीघाटबाट पुरिएको बीस हजार घन मिटरको माटो निकाल्ने कार्य शुरु भएको हो । पोखराको मात्र नभई नेपालको पहिचान विश्वसामु स्थापीत गराउने गहनाको रुपमा रहेको फेवातालको दिनानुदिनको अतिक्रमणलाई अन्त्य गर्दै सुन्दर र रमणीय फेवाताल बनाउने उद्घोषका साथ निर्वाचनको समयमा समेत जनतामाझ आफ्नो चुनावी एजेण्डा प्रस्तुत गरी अघि बढ्नुभएको सांसद पहारीको त्यो जनतामाझ गरेको प्रतिवद्धताले मूर्त रुप पाउने शुरुवात भएको छ ।
आफु निर्वाचित भए पश्चता शुरुवाती चरणमा नै सफाई अभियानदेखि प्रारम्भ गुर्नभएको सांसद पहारीले फेवातालेको संरक्षण तथा सम्बद्र्धनलाई एउटा कोशेढुङ्गा सावित गर्न सफलताउन्मुख हुनुभएको छ ।
सांसद भए वापतको सरकारी सेवा सुविधालाई सामाजिक कार्यमा समर्पित गर्दै उहाँले शुरुवाती चरणमा दुई महिनाको ८० हजार रुपैया ताल संरक्षणको लागि हस्तान्तरण गरी प्रारम्भ गर्नुभएको ताल संरक्षणको अभियानले सार्थकता पाउने लगभग निश्चित जस्तै भएको छ ।
लामो समय तालको क्षेत्रफललाई ओगटी विभिन्न व्यवसाय संचालन गर्ने आएको केही व्यक्तिहरुले तालको क्षेत्रफलमा आफ्नो अधिपत्य जमाउने प्रयास गरे पनि त्यसलाई अदालतले अस्वीकार गर्दै सांसद पहारीको अभियानका पक्षमा वकालत गर्नु नै ताल संरक्षण तथा सम्बद्र्धन हुने बाटो प्रारम्भ भएको हो ।
सांसद पहारीले विकासका नाममा बाढी, पहिरो तथा भु–क्षयका कारण तालको क्षेत्रफल घट्दै गएको बताउँदै आगामी दिनमा विकास र समद्धिको साथमा आधुनिक प्रविधिमैत्री साधनको प्रयोग गर्दै विकासलाई स्थायी तवरले गर्नुपर्नेमा जोड दिनुभयो ।
पहारीलेभन्नुभयो, ‘हाम्रै आँखा अगाडि ताल पुरिंदै गएको छ। यसलाई हामीले हेरेर मात्र बस्यौं भने भावी पुस्ताले फेवातालबारे कितावमा पढ्नु पर्ने अवस्था आउँछ। हामीले यो दुर्घटना हुनबाट बचाउनै पर्छ ।’ उहाँले सरकारले तत्काल अधिकार सम्पन्न फेवाताल संरक्षण प्राधिकरण गठन गरेर अघि बढ्दा धेरै काम हुने बताउँदै फेवातालबारे कसले काम गर्ने भन्ने अन्यौलता यसले हटाउने उहाँले दावि गर्नुभयो ।
सांसद पहारीले बाराही घाटदेखि गौराको चौतारासम्म ६५ मिटर भित्र पर्ने ३ सय ३२ रोपनी जग्गा मध्ये १ सय ९ रोपनीमात्र व्यक्तिको नाममा भएको र अन्य जमिन सरकारी स्वामित्वमा भएकोले तुरुन्तै १ सय ९ रोपनीको अधिक्रहण प्रक्रिया थाल्नु पर्ने बताउनुभएको छ । त्यस्तै उहाँले ताल किनारमा निर्माण अहिले पनि नरोकिएको उक्त निर्माण रोक्नु पर्नेमा जोड दिनुभयो ।
‘फेवातालको बाँध पुरानो भइसक्यो’, सांसद पहारी भन्नुहुन्छ, ‘बाँध जिर्ण भएको हुनाले एक मिटर उठ्ने गरि अर्को बाँध बनाउनु पर्छ । यसले तालको नयाँ स्वरुप पनि देखिन्छ ।’ चंखपुरदेखि मोहरे बगरको बिचमा वेगनास तालको जस्तै बाँध बनाउने र शुद्ध पानी मात्र तालमा पठाउन सके तालको जीवनमा धेरै फरक आउने उहाँले बताउनुभयो । खहरे नजिक विगत ४ वर्षमा चिसा खोलाले ताल पुरिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘यसलाई तत्काल हटाउनु पर्छ ।’
फेवातालको संरक्षणमा निरन्तर चासो राख्ने तथा सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्य राजीव पहारीले सर्वोच्चको आदेश कार्यान्वयन गरेरै छाड्ने बताउनुभयो। उहाले ढिलै भएपनि महानगरले अभियान थालनी गरेको भन्दै निरन्तरता दिन आग्रह गर्नुभयो । समितिका सदस्य समेत रहनुभएका पहारीले भन्नुभयो, ‘फेवातालको विषयमा सर्वोच्चले स्पष्ट ढंगबाट फैसला गरेको छ, कानून विधीभन्दा माथि कोही हुँदैन्, त्यसको अक्षरशः पालना हुन्छ। तर, ६५ मिटर मापदण्ड कायम गर्दा जग्गा र लालपुर्जा भएकाहरुको हकमा भने सरकारले उचित मुआब्जा दिनुपर्ने बताउनुभयो । ‘सरकारले उचित मुआब्जा दिनुपर्छ, फैसला कार्यान्वयनमा कुनै नाउँमा विलम्व गर्ने वा फैसला कार्यान्वयन नगर्ने छुट कसैको हुँदैन’ उहाले भन्नु भयो ।
आजको उक्त कार्यको शुभारम्भमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, महानगरपालिकाका प्रमुख मान बहादुर जिसी, सांसद पहारी, नेपाल प्रहरी, विभिन्न सराजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको शुभारम्भ गर्दै उक्त महाअभियानलाई सवैको साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्