काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य गर्न सरकार लागीपरेको बताएका छन ।
आज शहीद दिवसको अवसरमा सहिद स्मारक लैनचौरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सबैलाई साथमा लिएर लोकतन्त्र रक्षा गर्न र विकास गर्न सरकार प्रतिवद्ध रहेको बताउदै सरकार भ्रष्टाचार अन्त्य गर्न लागीरहेको बताएका छन ।
प्रधानमन्त्री ओलीले शहीदहरुले आफ्नो जीवन नै आहुती दिएको भन्दै, उनले भने ‘भ्रष्टाचार अन्त्य गर्न सरकार लागेको छ’, ‘अरु नसकेपनि लोभ त त्याग्न सक्छौं होला नि ?
साथै प्रधानमन्त्री ओलीले सबै मिलेर देश बनाउन आह्वान समेत गरेका छन ।










प्रतिक्रिया दिनुहोस्