समाचार

विद्युत सर्ट भएर आगलागी



संखुवासभा, १६ माघ । संखुवासभाको सभापोखरी गाउँपालिका–१,मा विद्युत सर्ट भएर आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ  ।

बुधबार स्थानीय दिलबहादुर लुङगेलीको घरमा विद्युत सर्ट भएर आगलागी हुदा अन्दाजी २ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

लुङगेलीको ढुङगा माटोले बनेको १ तले घर, घरभित्र रहेको लत्ताकपडा, नगद १० हजार, अन्नपात १ तोला चाँदी र २ थान मोबाइल जलेर नष्ट भएको जनाएको छ ।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइए छ ।