समाचार

काठमाडौँको जोरपाटीबाट नौ जुवाडे पक्राउ



काठमाडौँ, १७७ माघ । बुधबार राति जोरपाटीको एक खाजा घरबाट रु ८० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धको एक टोलीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वाङ्गेल लामाले सञ्चालन गरेको खाजा घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँमा बस्दै आएका काभ्रेपलाञ्चोकका २३ वर्षीय अनिल तामाङ, उदयपुरका २२ वर्षीय मानबहादुर खत्री, रामेछापका ३६ वर्षीय सुकलाल तामाङलगायत रहेको प्रहरीले जनाएको छ ।