डोटी, १९ माघ । डोटीको रुपसकाँडामा गए राति १२ बजे लु१च २५०८ नंको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।
दुर्घटनामा परी भारतको बरेली घर भएका अन्दाजी ४२ वर्षका बब्लुको मृत्यु भएको र डोटीको केआइसिंह गाउँपालिका–५ रानागाउँ बस्ने वर्ष १९ का शङ्कर राणा र जिप चालक तथा साहु अन्दाजी ५० वर्षीया सुवास प्रजापति घाइते भएका छन् । घाइते दुबैलाई उपचारका लागि कैलालीतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करीब २०० मिटर तल खसेका कारण मृतकको शव जिपभित्रै च्यापिएकाले प्रहरी तथा स्थानीयवासीको सहयोगमा निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्