राजनीति

ल्होछार तामाङ समुदायको पहिचान, सद्भाव अभिवृद्धि बढाउने कोशेढुङ्गा : सभापति देउवा



काठमाडौँ, २२ माघ । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तामाङ समुदायले मनाउने ल्होहार तामाङ समुदायको पहिचान तथा सामाजिक सद्भाव अभिवृद्धि बढाउन कोशेढुङ्गा सावित भएको बताउनुभएको छ ।

उहाँले आज विज्ञप्तिमार्फत ‘सोनाम ल्होहार’ का उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । विविधताले भरिएको नेपाली समाजमा गर्व गर्नलायक धार्मिक–सांस्कृतिक रीतिरिवाज र परम्परामध्ये सोनाम ल्होहारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उहाँले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुङ्गा सावित भएको विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले यस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।