काठमाडौं, २२ माघ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि पोखरामा नेविसंघ कार्यकर्ता पक्राउको विरोधमा धर्ना दिन जान लागेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई मीनभवनबाट पक्राउ गरि नेपाल पुलिस क्लबमा राखिएको प्रहरीले बताएका छन ।










प्रतिक्रिया दिनुहोस्