काठमाडौँ, २३ माघ । देशमा नै रोजगारी, आत्मनिर्भर, दक्ष जनशक्ति उत्पादन लगायतका विषयलाई समेट्दै सरकारले युवा तथा विद्यार्थीको भाग्य र भविष्यको सुनिश्चितताको बाटो अवलम्बन गर्ने भएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा तथा विद्यार्थी संगठन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मंगलबार उक्त विषयमा व्यापक छलफल भएको हो । युवा विद्यार्थीहरुले लामो समयदेखि सशक्त रुपमा उठाउदै आएको युवा रोजगारिको मुद्धालाई सम्बोधन गर्दै नेपाल सरकारले यहि फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ हुने भएको हो ।
छलफलमा श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्री र सोही मन्त्रालयका सचिवसँग मन्त्रालयमा अनेरास्ववियु, अखिल क्रान्तिकारी तथा युवा संघ नेपाल र वाइसीएलका नेताहरुको महत्त्वपूर्ण छलफल सम्पन्न भएको छ ।
अनेरास्ववियुका महासचिव ऐन महरले युवा विद्यार्थीहरुलाई स्वदेशमै रोजगार उपलब्ध गराउने, उत्पादन तथा उद्यमशिल ब्यवसायी बनाउने वातावरण सिर्जना गर्ने साथै देशको आवश्यकता अनुसारको शैक्षिक जनशक्ती उत्पादन गर्न आवश्यक कदम चाल्ने र रोजगार दिन नसकिएका गरिव युवाहरुलाई बेरोजगार भत्ता दिने बिषयमा गम्भीर छलफल भएको साथै प्रधानमन्त्री रोजगार कार्यक्रमले युवा तथा विद्यार्थीको माग समेट्ने बताउनुभएको छ ।
त्यस्तै छलफलमा युवा तथा विद्यार्थी संगठनका नेताहरुले होटल तथा रेष्टुरेन्ट संचालकहरुले मजदुरहरुको १०% सेवा शुल्कमा गरिएको कटौतिका बारेमा गम्भिरतापुर्वक मन्त्रालयको ध्यानाकर्षण गराएको छ । मन्त्री गोकर्ण विष्टले नेपाल सरकार तथा आफुले संम्हालेको मन्त्रालयको तर्फबाट आवश्यकता अनुसारको कदम चाल्दै उक्त निर्णयलाई कुनै पनि हालतमा कायम नै राख्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको छ ।
यहि फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न राष्ट्रिय सभा गृहमा दिनको १२ बजे हुने महासचिव महरले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्