एजेन्सी, २३ माघ । भारतीय प्रहरीले महात्मा गान्धीको पुत्ला बनाएर गोली हान्ने अखिल भारत हिन्दू महासभाकी राष्ट्रिय सचिव पूजा शकुन पाण्डेय र उनका श्रीमान अशोक पाण्डेयलाई पक्राउ गरेको छ ।
गान्धी स्मृति दिवसका अवसरमा पूजाले एयर गनले महात्मा गान्धीको पुत्लामाथि गोली प्रहार गरेको भन्दै उनीहरुलाई प्रहरीले उत्तर प्रदेशको नोएडाबाट मंगलबार गिरफ्तार गरेको हो ।
उनीसँगै उनका श्रीमान र समर्थकहरुले गान्धीका हत्यारा नाथुराम गोड्से अमर रहून भन्दै जयजकार गर्दै नाराबाजी गरेका थिए । घटनामा संलग्न भएको आरोपमा १२ जनाविरुद्ध उत्तर प्रदेशको अलिगढमा मुद्दा दर्ता भएको छ ।
प्रतिक्रिया दिनुहोस्