नुवाकोट, २३ माघ, । भूकम्पले चर्किएको घर भत्किएर एक जना वृद्धको मृत्यु भएको छ ।
बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घर भत्किँदा च्यापिएर तामाङकोको ज्यान गएको जनाएको छ । नयाँघर निर्माणाधीन अवस्थामा रहेकाले तामाङ परिवार भूकम्पले चर्किएको कच्ची घरमा बस्दै आएको थियो ।










प्रतिक्रिया दिनुहोस्