समाचार

विद्युत् चुहावट १० प्रतिशत घट्यो



काठमाडौं, २३ माघ । नेपाल विद्युत प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०७५र७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको जनाएको छ ।

२५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा चुहावट झार्न सफल भएको प्राधिकरणको दावी छ । कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले विद्युत चुहावटमा कमी आएको बताएका छन ।

चालु आर्थिक वर्षमा विद्युत चुहावट १८.५प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सर्फमर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।